प्रहरीले सुन तस्करसँग २ करोडभन्दा बढी घुस लिएको खुलासा | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

प्रहरीले सुन तस्करसँग २ करोडभन्दा बढी घुस लिएको खुलासा

money

काठमाडौं, २० वैशाख । प्रहरीले सुन तस्करसँग २ करोडभन्दा बढी घुस लिएको अनुसन्धानबाट खुलेको छ । गृह मन्त्रालयका सहसचिव ईश्वर पौडेलको नेतृत्वमा रहेको छानविन समितिको अनुसन्धानले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लामो समयदेखि सुन तस्करी गर्दै आएको समूहसँग प्रहरीले २ करोड २० लाख ७७ हजार रुपैयाँ घुस लिएको खुलेको हो ।

उक्त रकममध्ये १ करोड १२ लाख ४२ हजार रुपैयाँ एसएसपी श्याम खत्रीले लिएको देखिएको छ । छानबिन समितिका अनुसार एसएसपी खत्रीले एक पटक १ करोड १ लाख ४२ हजार, अर्को पटकपटक ७ लाख र तेस्रोपटक ४ लाख रुपैयाँ लिएका हुन् । गिरोहका सदस्यबाट बरामद भएको डायरीका आधारमा यो तथ्य खुलेको बुधबार जिल्ला अदालत मोरङमा दायर भएको अभियोगपत्रमा उल्लेख छ ।

अभियोग अनुसार सुन तस्करसँग प्रहरी जवान विष्णुबहादुर खड्काले दुई पटकमा १९ लाख, पूर्वडीआइजी गोविन्द निरौलाले दुई पटकमा १७ लाख, डिएसपी सञ्जय राउतले दुई पटकमा १५ लाख र एसपी विकासराज खनालले दुई पटकमा ५ लाख लिएको देखिएको छ ।

मुद्दा दायर गरिएका एसएसपी दिवेश लोहनी र डीएसपी प्रजित केसीको भने सुन तस्करसँग प्रत्यक्ष सम्बन्ध नदेखिएको अभियोगपत्रमा उल्लेख छ । अनुसन्धानमा लापर्बाही गरेका कारण लोहनी र केसीविरुद्ध मुद्दा दायर गरिएको हो ।

यसैबीच सुन प्रकरणमा पक्राउ परेका अभियुक्तको बिहीबारबाट बयान सुरु भएको छ । जिल्ला अदालत, मोरङको ६ नं. इजलासमा उनीहरुको बयान लिन थालिएको हो । अनुसन्धानमा खटिएका अधिकारीका अनुसार सुन तस्करीका लागि तस्करहरुले विभिन्न अनौठो तरिका अपनाउने गरेको देखिएको छ ।

विमानको शौचालय हुँदै निकालिएको सुन भ-याङको प्वालबाट बाहिर निकालेको अनुसन्धानबाट खुलेको प्रहरीको स्रोतको भनाइ छ । यसबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);