सुन तस्करीमा प्रहरीले २ करोड २१ लाख घुस लिएको खुलासा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

सुन तस्करीमा प्रहरीले २ करोड २१ लाख घुस लिएको खुलासा

gold-baramad

काठमाडौं, २० बैशाख । प्रहरीले सुन तस्करसँग २ करोडभन्दा बढी घुस लिएको अनुसन्धानबाट खुलेको छ । गृह मन्त्रालयका सहसचिव ईश्वर पौडेलको नेतृत्वमा रहेको छानविन समितिको अनुसन्धानले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट लामो समयदेखि सुन तस्करी गर्दै आएको समूहसँग प्रहरीले २ करोड २० लाख ७७ हजार रुपैयाँ घुस लिएको खुलेको हो ।

उक्त रकममध्ये १ करोड १२ लाख ४२ हजार रुपैयाँ एसएसपी श्याम खत्रीले लिएको देखिएको छ । छानबिन समितिका अनुसार एसएसपी खत्रीले एक पटक १ करोड १ लाख ४२ हजार, अर्को पटक एक पटक ७ लाख र तेस्रोपटक ४ लाख रुपैयाँ लिएका हुन् । गिरोहका सदस्यबाट बरामद भएको डायरीका आधारमा यो तथ्य खुलेको बुधबार जिल्ला अदालत मोरङमा दायर भएको अभियोगपत्रमा उल्लेख छ ।

अभियोग अनुसार सुन तस्करसँग प्रहरी जवान विष्णुबहादुर खड्काले दुई पटकमा १९ लाख, पूर्वडीआइजी गोविन्द निरौलाले दुई पटकमा १७ लाख, डिएसपी सञ्जय राउतले दुई पटकमा १५ लाख र एसपी विकासराज खनालले दुई पटकमा ५ लाख लिएको देखिएको छ । मुद्दा दायर गरिएका एसएसपी दिवेश लोहनी र डीएसपी प्रजित केसीको भने सुन तस्करसँग प्रत्यक्ष सम्बन्ध नदेखिएको अभियोगपत्रमा उल्लेख छ । अनुसन्धानमा लापर्बाही गरेका कारण लोहनी र केसीविरुद्ध मुद्दा दायर गरिएको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);