नेपालमा पनि विश्व प्रेस स्वतन्त्रता दिवस मनाइयो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

नेपालमा पनि विश्व प्रेस स्वतन्त्रता दिवस मनाइयो

‘प्रेस स्वतन्त्रता हननका घटनामा न्यायपालिकासमेत संलग्न’

काठमाडौं, २० वैशाख । आज २५ औं विश्व प्रेस स्वतन्त्रता दिवस । शक्तिको निगरानी : मिडिया, न्याय र विधिको शासन भन्ने नारासहित विभिन्न कार्यक्रम गरी नेपालमा पनि प्रेस स्वतन्त्रता दिवस मनाइएको छ ।

संयुक्त राष्ट्रसंघले सन् १९९३ मा घोषणा गरेपछि युनेस्कोले हरेक वर्ष मे ३ का दिन विश्वभर यो दिवस मनाउँदै आएको छ । नेपालमा भने यो दिवस सन् १९९६ देखि मनाउन थालिएको हो।

दिवसका अवसरमा नेपाल पत्रकार महासंघले प्रभातफेरी निकालेको थियो । महासंघले प्रेस स्वतन्त्रता हननका घटनामा न्यायपालिकासमेत संलग्न रहेको बताएको छ । महासंघका अध्यक्ष गोविन्द आचार्यले समाचारको स्रोत मागेर तथा सञ्चारमाध्यममा आउने समाचारमा रोक लगाउन प्रयत्न गरेर न्यायपालिकासमेत प्रेस स्वतन्त्रताप्रति अनुदार देखिएको आरोप लगाए ।

महासंघले प्रेस स्वतन्त्रता हननका घटनामा राज्य पक्ष बढी संलग्न रहेको बताएको छ । फ्रिडम फोरमका अनुसार पछिल्लो एक वर्षमा प्रेस स्वतन्त्रता उल्लंघनका ६६ घटना भएका छन् । तीमध्ये १४ वटा आक्रमण, आठ वटा पक्राउ, १३ वटा हातपात, १४ वटा ज्यान मार्ने धम्की, १६ वटा अवरोध र एउटा तोडफोडसँग सम्बन्धित रहेको फ्रिडम फोरमले जनाएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);