चन्दा आतंक अन्त्य गर्ने महानिरीक्षक खनालको अठोट | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

चन्दा आतंक अन्त्य गर्ने महानिरीक्षक खनालको अठोट

काठमाडौं, २० वैशाख । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले चन्दा आतंकको अन्त्य गर्ने बताएका छन् । नेपाल चेम्बर अफ कमर्सले बिहीबार राजधानीमा गरेको कार्यक्रममा बोल्दै उनले उद्योग व्यापारीमाथि हुने अनावश्क दवाब, दुरव्यवहार र चन्दा आतंक अन्त्य गर्ने बताएका हुन् ।

उनले गुण्डागर्दी, उद्योग व्यापारीलाई हतोत्साहित गर्ने जो सुकैलाई कानुन बमोजिम कारबाही गर्ने प्रतिवद्धता जनाए । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठले निर्धक्कका साथ व्यापार व्यवसाय गर्न पाउने अधिकार सुनिश्चित गर्न आग्रह गरे ।

कार्यक्रममा नेपाल चेम्बरका पदाधिकारी एवं कार्य समिति सदस्यहरुका साथै नेपाल मदिरा व्यवसायी महासंघ, खुद्रा व्यवसायी संघ, पर्यटन तथा उद्योगी व्यवसायीहरु लगायतको सहभागिता थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);