३८ क्विन्टल सुन तस्करीमा एकै समूह | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

३८ क्विन्टल सुन तस्करीमा एकै समूह

gold taskari

काठमाडौं, २० बैशाख । ३७,९९,५६५ ग्राम सुन तस्करी चूडामणि उप्रेती गोरेको समूहले जुलाई ०१५ अर्थात् ०७२ को असाररसाउनयता खेप–खेप गरेर ३७ लाख ९९ हजार ५६५ ग्राम अर्थात् तीन हजार ७९९ किलो सुन तस्करी गरेको छानबिन समितिको ठहर

१७,०१,८०,७१,४३० रुपैयाँ बिगो

गोरेको नेतृत्वमा सुन तस्करीमा संलग्न सात प्रहरी अधिकारी सहित ६३ जनाविरुद्ध मुद्दा, करिब तीन वर्षसम्म उनीहरूले तस्करी गरेको सम्पूर्ण सुनको मूल्य १७ अर्ब १ करोड ८० लाख ७१ हजार ४ सय ३० रुपैयाँ बिगो दाबी र सजाय माग ३३ किलो सुन तस्करी र भरिया सनम शाक्यको हत्या प्रकरणमा ६ जना बहालवाला प्रहरी अधिकारीसहित ६३ जनाविरुद्ध अदालतमा अभियोग दर्ता भएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङले उनीहरूलाई संगठित अपराधअन्तर्गत सुन चोरी–तस्करी गरेको, मानव अपहरण गरी शरीर बन्धक बनाएको र कर्तव्य ज्यान अपराधमा फरक–फरक मुद्दा दर्ता गराएको हो । गृह मन्त्रालयले गठन गरेको छानबिन टोलीको अनुसन्धानका आधारमा जिल्ला प्रहरीले जिल्ला अदालत मोरङमा बुधबार अभियोग दर्ता गराएको हो ।

‘आपराधिक समूह स्थापना र सञ्चालन गरी सुन चोरी–पैठारी र चोरी–निकासीको अवैध कारोबार, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यानको अपराध गरेको आरोपमा पक्राउ परेका २९ जनासहित जम्मा ६३ जनाविरुद्ध प्रहरीले सरकारी वकिलको कार्यालयमार्फत मुद्दा दर्ता गराएकोे मोरङ अदालतका स्रेस्तेदार नवराज दुलालले जानकारी दिए । मुद्दा चलाइएका फरार अभियुक्तमा मुख्य आरोपी गोरे भनिने चूडामणि उप्रेतीदेखि नेपाल प्रहरीका एसएसपी श्याम खत्रीसम्म छन् । आजको नयाँ पत्रिकामा यो समाचार छापिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);