माडीमा थालियो राम मन्दिर निर्माणको काम | ईमाउण्टेन समाचार

Our Network

वैशाख २३ २०८१, आइतबार

माडीमा थालियो राम मन्दिर निर्माणको काम

माडी, २७ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान श्री रामको जन्मभूमि भनिएको चितवनको माडीमा भव्य राम मन्दिर निर्माण थालिएको छ । माडीको कृष्णनगरस्थित अयोध्याधाममा मन्दिर शिलान्यास गरिएको हो । माडी नगरपालिका प्रमुख ठाकुरप्रसाद ढकालले मन्दिर शिलान्यास गरेका छन् ।

एक सय बिगाहामा फैलिएको कृष्णनगर पार्कमा मन्दिर शिलान्यास गरिएको हो । सो ठाउँमा आउँदो बैशाख ८ गते रामनवमीका दिन राम, सीता, लक्ष्मण र हनुमानको मूर्ति स्थापना गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंमा निर्माण गर्न लगाएको मूर्ति सो ठाउँमा राखिने छ ।

प्रधानमन्त्री ओलीले स्वस्ती बाचन सहित रथयात्रा गरेर मूर्तिलाई विदाई गर्ने कार्यक्रम छ । मूर्तिहरु देवघाट धाम हुँदै माडी ल्याइने छ । मन्दिरमा ल्याइएका मूर्तिलाई प्राणप्रतिष्ठा गरी राखिने योजना रहेको छ । सो कार्यक्रममा वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलका साथै संघीय, प्रदेश र स्थानीय सरकारका प्रतिनिधिहरु सहभागी रहने छन् ।

मन्दिर निर्माणको काम अब धमाधम अघि बढ्ने माडी नगरपालिका–८ का वडाध्यक्ष कृष्णराज अधिकारीले जानकारी दिए ।

आइ.एन.ए

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);