काठमाडौंको नागस्थानमा नयाँ ट्राफिक लाईट आजदेखि सञ्चालन | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

काठमाडौंको नागस्थानमा नयाँ ट्राफिक लाईट आजदेखि सञ्चालन

काठमाडौं, २७ चैत । महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौंको नागस्थानमा नयाँ ट्राफिक लाईट जडान गरी आजदेखि सञ्चालनमा ल्याएकोछ । राष्ट्रिय वाणिज्य वैंकसँगको समन्वयमा नयाँ जडान गरिएको ट्राफिक लाईट महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराई र राष्ट्रिय वाणिज्य वैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले आज संयुक्त रूपमा उदघाटन गर्नुभएको हो ।

ट्राफिक व्यवस्थापनमा प्रविधिको प्रयोग गरि आवागमनमा सहजता ल्याउन चोक चोकमा ट्राफिक लाईट जडान गर्ने कार्यलाई तीव्रता दिइने बताइएको छ । प्रबिधिमार्फत ट्राफिक व्यवस्थापनबाट आवागमनमा सहजता आउनुको साथै सडक अनुशासन कायम गर्न र दुर्घटना न्युनिकरणमा सहयोग पुग्ने विश्वास गरिएको छ । यो समेत उपत्यकाको मुख्य मुख्य ३२ वटा चोकहरुमा ट्राफिक लाईट जडान भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);