ललितपुरका मुख्य सडकमा सिसिटिभी जडान गरिने | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

ललितपुरका मुख्य सडकमा सिसिटिभी जडान गरिने

cctv jadan at lalitpur-chirbabu maharjan

ललितपुर, २ मंसिर । ललितपुर महानगरपालिकाले सहरका मुख्य–मुख्य सडकमा सिसीटिभी क्यामेरा जडान गर्ने तयारी गरेको छ । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले महानगर भित्रको मुख्य–मुख्य सडकमा सिसीटिभी क्यामेरा जडान गर्ने तयारी भईरहेको जानकारी दिएका छन् ।

१३ औं महानगरीय प्रहरी दिवसको अवसर पारेर आईतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले अपराध नियन्त्रणका लागि प्रहरीलाई सघाउ पुर्याउन महानगरपालिकाले सिसीटिभी क्यामेरा सडकमा जडान गर्ने कामलाई उच्च प्राथमिकता दिएको स्पष्ट पारे ।

मेयर महर्जनले सडकमा सिसीटिभी क्यामेरा जडान गर्नका लागि स्थानीय जनता र नेपाल प्रहरीसँग आवश्यक सहकार्य भईरहेको पनि बताए । उनले ट्राफिक लाईट व्यवस्थापनको काममा पनि आफूले उत्तिकै महत्व दिएको बताए ।

राम्रो ठेकदार कम्पनीको अभावमा ट्राफिक लाईट व्यवस्थापनको कामले गति लिन नसकेको उनको भनाई थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);