प्रहरीको ‘निःशुल्क एसएमएस सेवा’ सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

प्रहरीको ‘निःशुल्क एसएमएस सेवा’ सुरु

police free sms

काठमाडौं, २ मंसिर । नेपाल प्रहरीले ‘निःशुल्क एसएमएस सेवा’ संचालनमा ल्याएको छ । अपराध नियन्त्रणका लागि नागरिकको सूचना लिने कामलाई अझै सहज बनाउन नेपाल प्रहरीले आईतबारबाट ‘निःशुल्क एसएमएस सेवा’ पनि संचालनमा ल्याएको हो ।

१३ औं महानगरीय प्रहरी दिवसको अवसर पारेर आईतबार एक कार्यक्रमका बीच सो सेवाको शुभारम्भ गर्दै निमित्त प्रहरी महानिरीक्षक पुस्कर कार्कीले अपराध नियन्त्रणका लागि नागरिकसँग अझै सहज ढंगले सूचना लिन सो सेवाको पनि सूरुवात गर्नु परेको स्पष्ट पारे ।

नेपाल प्रहरीको टोल फ्रि नम्बर १०० मा नै एसएसएस पठाउँदा शुल्क नलाग्ने व्यवस्था गरिएको छ । नेपाल प्रहरीलाई सो सेवा नेपाल टेलिकमले उपलब्ध गराएको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);