हिंसा र अपराध नियन्त्रणका लागि सबैलाई सचेत रहन प्रहरीको आग्रह | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

हिंसा र अपराध नियन्त्रणका लागि सबैलाई सचेत रहन प्रहरीको आग्रह

police

काठमाडौं, २ असोज । नेपाल प्रहरीले महिला तथा बालबालिका हिंसा र अपराध नियन्त्रणका लागि सम्बन्धित सबै निकायलाई सचेत रहन आग्रह गरेको छ ।

नेपाल प्रहरी केन्द्रिय महिला तथा बालबालिका सेवा केन्द्रकी प्रमुख प्रहरी उपरीक्षक किरण रानाले महिला तथा बालबालिकामाथि हुने हिंसा र अपराध नियन्त्रणका लागि सम्बन्धित सबै निकायलाई सचेत रहन आग्रह गरिन् ।

उनले जघन्य अपराधका घटना हुन नदिन महिला तथा बालबालिकाको क्षेत्रमा कार्यरत सबै सरकारी तथा गैरसरकारी संस्थाहरुले सहकार्य गरेर जनचेतनामूलक कार्यक्रम संचालन गर्नुपर्ने आवश्यक्तामा जोड दिइन् ।

प्रहरी उपरीक्षक रानाले नेपाल प्रहरीले हिंसा तथा अपराध नियन्त्रणका लागि विद्यालय तहका बालबालिकामा समेत चेतनामूलक कार्यक्रम संचालन गर्न सुरु गरेको बताइन् । मंगलबार राष्ट्रिय महिला आयोगले काठमाडौंमा आयोजना गरेको सरोकारवाला निकायहरुसँगको छलफल कार्यक्रममा बोल्दै उनले महिला तथा बालबालिकामाथि हुने हिंसा र जघन्य अपराधका घटना नियन्त्रणका लागि नेपाल प्रहरीले ७७ वटै जिल्लामा महिला तथा बालबालिका सेवा केन्द्र स्थापना गरेको बताइन् ।

नेपाल प्रहरीले महिला तथा बालबालिकामाथि हुने हिंसा र अपराध नियन्त्रणका लागि स्थापना गरेको सो सेवा केन्द्रमा १ हजार ५ सय ५९ जना जनशक्ति परिचालन गरिएको छ ।

कार्यक्रममा राष्ट्रिय महिला आयोगका सचिव अनिलकुमार ठाकुरले महिला हिंसामा परेकाहरुलाई निःशुल्क कानुनी, मनोपरामर्श लगायतका सेवा संचालन गर्दै आएको जानकारी दिए ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);