महिला हिंसा नियन्त्रणका लागि सरकार गम्भिर : मन्त्री थापा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

महिला हिंसा नियन्त्रणका लागि सरकार गम्भिर : मन्त्री थापा

tham maya thapa

काठमाडौं, २४ भदौ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले महिला हिंसा नियन्त्रणका लागि सरकार गम्भिरताका साथ लागि परेको दावी गर्नु भएको छ ।

मन्त्री थापाले महिला हिंसा बढ्दै गएकोमा चिन्ता व्यक्त गर्दै त्यसलाई नियन्त्रण गर्न प्रभावकारी कदम चाल्न सरोकारवाला निकायलाई पनि आह्वान गर्नु भयो ।

मंगलबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले महिला हिंसालाई नियन्त्रण गर्दै लैजान सरकारले चालू आर्थिक वर्षलाई महिला हिंसाविरुद्धको अभियान वर्ष घोषणा गर्नु परेको पनि स्मरण गराउनु भयो ।

मन्त्री थापाले महिला हिंसा न्यूनिकरणका लागि सरकारले राष्ट्रपति महिला उत्थान कार्यक्रमलाई सबै जिल्लामा संचालन गरिरहेको पनि बताउनु भयो ।

मन्त्री थापाले महिलामाथि हिंसा हुन नदिन उनीहरुलाई आर्थिक–सामाजिक सशक्तिकरणको कार्यक्रमलाई पनि अघि बढाइएको बताउनु भयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);