फोहोर व्यवस्थापन गर्न सरकार गम्भिर नभएको संसदीय समितिको निष्कर्ष | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

फोहोर व्यवस्थापन गर्न सरकार गम्भिर नभएको संसदीय समितिको निष्कर्ष

medical college ko sulka-samsadiye samiti

काठमाडौं, २४ भदौ । संसदीय समितिले काठमाडौंको फोहोर व्यवस्थापन गर्न सरकार गम्भिर नभएको निष्कर्ष निकालेको छ । काठमाडौंको फोहोर व्यवस्थापन गर्ने सिस्डोल, बञ्चरेडाँडाको सोमबार स्थलगत अवलोकन गरेको संघीय संसदको विकास तथा प्रविधि समितिले स्थानीयको समस्या समाधान गरी फोहोर व्यवस्थापन गर्न सरकार गम्भिर नभएको निष्कर्ष निकालेको हो ।

समितिकी सभापति कल्याणी खड्काले स्थानीयको मागलाई सम्बोधन गरी काठमाडौंको फोहोर उचित व्यवस्थापन गर्न सरकारलाई आवश्यक निर्देशन दिने पनि बताउनु भयो ।

नुवाकोटकी सांसद विन्दा पाण्डेले सरकार, काठमाडौं महानगरपालिका र सरोकारवाला निकायसँग आवश्यक छलफल गरी समस्याको दीर्घकालीन समाधानमा लागिपर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।

काठमाडौंको फोहोर व्यवस्थापन भईरहेको सिस्डोलमा फोहोरको पहिरोबाट त्यहाँको सडक समेत अवरुद्ध भएपछि स्थानीयबासी झनै मारमा परेका छन । विकास समितिले स्थलगत अवलोकन गरी स्थानीयबासीको मागलाई तत्काल सम्बोधन गर्न सरकारलाई सचेत गराउन सो क्षेत्रको स्थलगत अवलोकनको काम पुनः सुरु गरेको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);