काठमाडौंको फोहोर व्यवस्थापन गर्न प्रेम सुवालको माग | ईमाउण्टेन समाचार

Our Network

चैत १३ २०८०, मंगलबार

काठमाडौंको फोहोर व्यवस्थापन गर्न प्रेम सुवालको माग

काठमाडाैं । प्रतिनिधिसभाका सांसदहरुले विभिन्न समसामयिक विषयहरुमा सरकारको ध्यानाकर्षण गराएका छन् । नेपाल मजदुर किसान पार्टीका नेता प्रेम सुवालले ३ महिनामा ३५ दिन काठमाडौंको फोहोर सडकमै रहेको उल्लेख गर्दै त्यसको तत्काल व्यवस्थापन गर्न सरकारसँग माग गरे । सोमबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै नेता सुवालले ३ महिनामा ३५ दिन काठमाडौंको फोहोर सडकमै रहेको र अझै १५ दिन घरमै फोहोर राख्नुपर्ने भए फोहोरबाट मोहोर बनाउने भनेर छुट्याइएको बजेटको अर्थ नरहेको बताएको हो ।

उनले वञ्चरे डाँडामा फोहोर राख्नेगरी शहरी विकास मन्त्रालयले तयार नगरेको र अझै ३० प्रतिशत काम बाँकी रहेको बताए । उनले भने, “३ महिनामा ३५ दिन काठमाडौंको फोहोर सडकमै रहेको र अझै १५ दिन घरमै फोहोर राख्नुपर्ने भनिएको छ, वञ्चरे डाँडामा फोहोर राख्नेगरी शहरी विकास मन्त्रालयले तयार नगरेको र अझै ३० प्रतिशत काम बाँकी रहेको छ, सडक र घरघरमै फोहोर राख्नुपर्ने भए अर्बौं रुपैयाँ खर्च गरी वागमती सफा गरिएको के औचित्य ? फोहोरबाट मोहोर बनाउने भनेर पनि अर्बौं रुपैयाँ बजेट खर्च गरिएको थियो, फोहोरबाट मोहोर बनाउने भन्ने मानिस कता गए, के सरकार ठगहरुको घेरामा परेको हो ?

राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले कपिलवस्तु र लुम्बिनीमा बुद्ध सभ्यता भन्दा पहिला पनि अन्य सभ्यता भएकोले त्यसको खोजी गरिनुपर्ने बताए । उनले ति सबै स्थानको अन्वेषण गरे कपिलवस्तु, रुपन्देही र नवलपरासीलाई मिलाएर बुद्धिष्ट सभ्यताको विशाल शहर बनाउन सकिने बताए ।

उनले कपिलबस्तु, रुपन्देही र नवलपरासीका पूरातात्विक सभ्यताको खोजी गरे बुद्धिष्ट सभ्यताको विशाल शहर बन्ने तर्क समेत गरे ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);