एमालेको स्थायी कमिटी र संसदीय दलको बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

एमालेको स्थायी कमिटी र संसदीय दलको बैठक बस्दै

काठमाडाैं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको स्थायी कमिटी र संसदीय दलको बैठक बस्दैछ ।

पार्टी अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा सोमबार राति सम्पन्न शीर्ष नेताहरूको अनौपचारिक छलफलले स्थायी कमिटी र संसदीय दलको बैठक बोलाउने निर्णय गरेको हो ।

सरकारले गएराति १२ बजेदेखि संसद अधिवेशन अन्त्य गरेको अवस्थामा एमालेको स्थायी र संसदीय दलको बैठक बस्न लागेको हो । स्थायी कमिटी बैठक बिहान ११ बजेपछि तुलसीलाल स्मृति भवनमा बस्ने र आजै अपरान्ह ३ बजे बानेश्वरमा संसदीय दलको बैठक बस्न लागेको बताइएको छ ।

साथै अध्यक्ष ओलीले सोमबार बेलुकी वक्तव्य जारी गर्दै सरकारले हठात प्रतिनिधि सभा अधिवेशन अन्त्य गरेकोमा विरोध जनाउनुभएको छ । सरकारले एमाले विभाजनका लागि राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याउन लागेको विज्ञप्तिमा उल्लेख छ ।


Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);