सिसीटिभी निगरानीबाट १ सय ६३ सवारी कारवाहीमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

सिसीटिभी निगरानीबाट १ सय ६३ सवारी कारवाहीमा

विक्रम श्रेष्ठ

काठमाडौं, १० फागुन । सडकको क्षमताभन्दा अत्याधिक सवारी साधनको चापका कारण राजधानीका सडक अस्तव्यस्त बन्ने गर्दछन् । त्यसमाथि ट्राफीक नियम पालना नगर्ने प्रवित्तिले जामको समस्या बढ्दो छ । यो अवस्थालाई न्यूनिकरण गर्न ट्राफीक प्रहरीले सिसीटिभी निगरानीबाट १ सय ६३ जनालाई कारबाही गरेको छ ।

सडकको नियम उल्लंघन गर्ने चालकलाई ट्राफीक प्रहरीले अहिलेसम्म आँखाले देखेअनुसार कारबाही गर्दै आएको छ । जहाँ ट्राफीक प्रहरी छैन, त्यहाँ लेन क्रस गर्ने र ट्राफीक जामलाई अझ अस्तव्यस्त बनाउन सवारी चालकहरु उद्यत छन् । र, लेन मिच्नुलाई धेरैले आफ्नो बहादुरी ठान्ने गर्दछन् ।

अब यस्तो बहादुरी देखाउनेलाई ट्राफीक प्रहरीले घरैमा गएर कारबाही गर्नेछ । सिसिटिभिको त्यही रेकर्ड दृश्यका आधारमा सवारी धनीलाई कार्बाहीको दायरामा ल्याउन ट्राफीकले टेलिफोन र घरघरमै चिट्ठी पठाएर कार्यालयमा उपस्थित गराउन सुरु गरेको छ ।

माघ २४ गतेबाट सुरु गरिएको यो अभियानमा अहिलेसम्म १ सय ६३ जना दुईपांग्रे तथा चारपांग्रे सवरी साधनका चालकलाई टेलीफोन तथा घरघरमै चिठिका आधारमा कार्बाही प्रक्रिया सुरु गरिएको महानगरिय ट्राफीक प्रहरी महाशाखाले जनाएको छ ।

सिसिटिभिको फन्दामा परेका ३४ मध्ये ३० जना चालक टेलीफोनकै आधारमा कार्यालयमा पुगेका छन् भने ४ जनालाई पत्र नै पठाउनु परेको थियो । कार्वाहीका लागि प्रहरीको फोन आएपछि ट्राफीक कार्यालय पुगेका चालकहरुले राम्रो अभियान सुरु भएको प्रतिक्रिया दिएका छन् ।

यस अभियानका लागि ४ सय १ सिसिटिभि क्यामेरा सडकका मुख्य चोक तथा लेन केन्द्रीत गरि जडान गरिएको छ । सिसिटिभिका आधारमा सवारी साधनको नम्बरको सहायताले यातायात व्यवस्था विभागबाट सवारी धनीको टेलीफोन नम्बर तथा ठेगाना लिएर कार्वाही अभियान चलाइएको हो ।

राजधानीमा बाहिरबाट आएका सर्वसाधरणको बसोबास धेरै छ । त्यसैले स्थायी ठेगानामा पुग्ने त्यो पत्र व्यक्तिको हातमा पुग्न समय लाग्ने देखिन्छ । विकसित देशहरुमा अनलाइन प्रविधिका आधारमा यस्ता चिट्ठी इमेल मार्फत पठाइने गरे पनि नेपालमा भने अनलाइन प्रविधि सुरु गर्न अझै संभव देखिएको छैन । जे होस ट्राफिक प्रहरीले थालेको यो अभियानले सडकमा ट्राफीक नुहँदा पनि नियमको पालना गर्न भने सजग गराउने देखिन्छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);