इम्बोस्ड नम्बर तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको आदेश | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

इम्बोस्ड नम्बर तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

काठमाडौं, १० फागुन । सर्वोच्च अदालतले सवारी साधानमा इम्बोस्ड नम्बर प्रयोग गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश दिएको छ । इम्बोस्ड नम्बर देवनागरी लिपीमा हुनुपर्ने माग गर्दै भरत बस्नेतले दायर गरेको रिटमा प्रधानन्यायाधीश गोपाल पराजुलीको एकल इजलासले अन्तरिम आदेश दिएको हो ।

आदेशमा देवनागरी लिपी राख्न नसक्ने कारण मागिएको छ । नेपाली नम्बर राख्न नसकिने लिखित कारणसहित सात दिन भित्र जवाफ दिन अदालते आदेश दिएको हो । यातायात व्यवस्था विभागले भदौ ५ गतेबाट सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट राख्न सुरु गरेको थियो । अन्य देशमा पनि सम्बन्धित देशको भाषामा इम्बोस्ड नम्बर प्रयोग भएको भन्दै सर्वोच्चमा रिट दायर भएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);