आगामी असार मसान्तभित्र इम्बोस्ड नम्बर जडान गर्नुपर्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

काठमाडौं, २८ मंसिर । असार मसान्तभित्र बाग्मती अञ्चलमा दर्ता भएका सबै तीन पाङ्ग्रे र चार पाङ्ग्रे सवारी साधनमा इम्बोस्ड नम्बर जडान गर्नुपर्नेभएको छ ।

यातायात व्यवस्था विभागले आज गरेको निर्णय अनुसार पहिलो चरणमा निजी र सरकारी सवारीसाधनमा इम्बोस्ड नम्बरप्लेट जडान गरिनेछ ।

विभागका प्रवक्ता डाक्टर टोकराज पाण्डेका अनुसार ३ नम्बर प्रदेशमा दर्ता भएका १२ लटसम्मका निजी, सरकारी तथा संस्थानका सबै सवारीले चैतभित्रै इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्नेछ ।

बाँकीलाई असार मसान्तभित्र इम्बोस्ड नम्बरप्लेट जडान गर्न समयसीमा दिइएको छ । पहिलो चरणमा विभागले ३ नम्बर प्रदेशबाट मात्र इम्बोस्ड नम्बरप्लेट राख्न सुरु गरेको हो । १३ लटमाथिका सवारीधनीले तुरुन्त इम्बोस्ड नम्बर प्लेट लिन चाहेमा पनि उपलब्ध हुने विभागले जनाएको छ ।

मोटरसाइकलका लागि भने असारपछि मात्र जडान गर्न लागिएको छ । निजी सवारी धनीले यसका लागि ३ हजार २ सय रुपैयाँ शुल्क तिर्नुपर्ने छ । इम्बोस्ड नम्बरप्लेट जडानका लागि यातायात व्यवस्था विभागको वेबसाइटबाटै अनलाइन फाराम भर्न सकिने विभागका प्रवक्ता पाण्डेले जानकारी दिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);