हतारमा इम्बोस्ड नम्बर प्लेट: छैन ट्रयाकिङमसिन र रेडियो फ्रिक्वेन्सी | ईमाउण्टेन समाचार

Our Network

जेठ २८ २०८३, शुक्रबार

हतारमा इम्बोस्ड नम्बर प्लेट: छैन ट्रयाकिङमसिन र रेडियो फ्रिक्वेन्सी

radio

काठमाडौं, २७ पुष । सरकारले प्रक्रिया पूरा नगरी हतारमा सवारीसाधनमा उच्च प्रविधिको ‘इम्बोस्ड नम्बर’ प्लेट जडान थालेको छ। ‘इम्बोस्ड नम्बर’ प्लेट जडान सुरु भए पनि सवारीसाधन जाँचका लागि आवश्यक पर्ने प्रविधि यातायात विभागले प्रयोगमा ल्याएको छैन ।

करिब पाँच सय सवारीसाधनमा ‘इम्बोस्ड नम्बर’ जडान भइसकेको छ । विभागले ‘इम्बोस्ड नम्बर’ प्लेट जाँचका लागि आवश्यक ‘ह्याण्ड बुक रिडर नम्बर प्लेटमा रहेको सवारी विवरण ट्रयाकिङमसिन र ‘आरएफआईडी’ रेडियो फ्रिक्वेन्सी गेटसमेत बनाएको छैन तर ‘इम्बोस्ड नम्बर’ प्लेट जडानमा तीव्रता दिइएको छ ।

विभागले ट्राफिक प्रहरीलाई ‘इम्बोस्ड नम्बर’प्लेट जडान भएका साधनलाई जाँच गर्दै कारबाही गर्न परेको अवस्थाका आवश्यक कुनै पनि प्रविधि उपलब्ध छैन । ट्राफिकले त्यस्ता सवारीको विवरण विभागमा पठाउनुपर्ने भएको छ।

विभागमा पहिलो चरणमा प्रदेश नम्बर ३ अन्तर्गतको वागमती अञ्चलमा दर्ता भएका सरकारी, संस्थान र निजी सवारीसाधानमा असरा मसान्तसम्म उच्च प्रविधिको ‘इम्बोस्ड नम्बर’ प्लेट जडान अनिवार्य गरेको छ ।

विभागले चैत मसान्तसम्ममा सरकारी तथा संस्थानका चारपाङ्ग्रे सवारीसाधनमा ‘इम्बोस्ड नम्बर’ प्लेट जडना गर्न सूचना प्रकाशन गरिसकेको छ। आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

ताजा समाचार

Test Post Created

६ घन्टा अघि

Test Post Created

६ घन्टा अघि

Test Post Created

७ घन्टा अघि

15 Knowledge That will Replace your Mental health

१२ घन्टा अघि