उच्च अदालतका न्यायाधीशको सुनुवाइ पुस ६ गते हुने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

काठमाडौँ, २८ मंसिर । सर्वोच्च अदालतले उच्च अदालतका ८० न्यायाधीशको सुनुवाई पुस ६ गते गर्ने जनाएको छ । सर्वोच्चले न्यायाधीश नियुक्तिसम्बन्धी विवादको सुनुवाइ हेर्दाहेर्दैमा राखेको छ ।

न्यायाधीश ओमप्रकाश मिश्र, बमकुमार श्रेष्ठ र डम्बरबहादुर शाहीको पूर्ण इजलासमा आज सुनुवाइका लागि समय नभ्याइएको हुँदा हेर्दाहेर्दैमा राखिएको सर्वोच्चले जनाएको छ । यसअघि यही मंसिर १४ गते सुनुवाइ नसकिएपछि आजका लागि निर्णय सुनाउने दिन तोकिएको थियो ।

उच्च अदालतका न्यायाधीशको नियुक्ति गर्दा प्रक्रिया नपुर्याई दलगत स्वार्थका आधारमा गरिएको जिकिर गर्दै रिट निवेदन दायर भएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);