डा. कुमार चुडाल र नहकुल सुवेदी सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

डा. कुमार चुडाल र नहकुल सुवेदी सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त

काठमाडौं  उच्च अदालतका मुख्य न्यायाधीशद्वय डा. कुमार चुडाल र नहकुल सुवेदी सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त भएको छ ।

न्याय परिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले सोमवार चुडाल र सुवेदीलाई सर्वोच्चको न्यायाधीशमा नियुक्त गरेकाे छ । परिषद्ले फागुन २८ गते चुडाल र सुवेदीलाई सर्वाेच्चको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको थियो ।

शुक्रवार संसदीय सुनुवाइ समितिले दुबै न्यायाधीशलाई सर्वसम्मत अनुमोदन गरेसँगै राष्ट्रपति भण्डारीले संविधानको धारा १२९ को उपधारा २ बमोजिम नियुक्त गरेको हो ।

चुडाल उच्च अदालत पाटनमा कार्यरत थिए भने सुवेदी सुर्खेतमा मुख्य न्यायाधीशको रुपमा कार्यरत थिए ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);