काठमाडाैं, १६ चैत । सर्वोच्च अदालतमा न्यायाधीश सिफारिस भएकाे नहकुल सुवेदी विरुद्ध संसदीय सुनवाई समितिमा उजुरी दर्ता भएको छ ।
सोमबार वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले न्यायाधीश सुवेदी विरुद्ध संसदीय समितिमा उजुरी दर्ता गरेकाे हो । संघीय संसद्को संयुक्त समिति संसदीय सुनुवाइ समितिले न्याय परिषदद्वारा सर्वोच्चका लागि प्रस्तावित न्यायाधीश विरुद्ध सार्वजनिक उजुरी गर्न आह्वान गरेको थियो ।
उच्च अदालत पाटनका मुख्य न्यायाधीश कुमार चुडाल र उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश नहकुल सुवेदीलाई केही दिन पहिले सर्वोच्च अदालतमा न्यायाधीश सिफारिस गरिएको थियो ।





