प्रधानमन्त्री ओलीद्वारा पाटन माविको नवनिर्मित भवनको उद्घाटन | ईमाउण्टेन समाचार

Our Network

चैत १ २०८०, बिहीबार

प्रधानमन्त्री ओलीद्वारा पाटन माविको नवनिर्मित भवनको उद्घाटन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ललितपुर महानगरपालिकामा रहेको पाटन माध्यामिक विद्यालयको नवनिर्मित भवन उद्घाटन गरेका छन् ।

२०७२ को भूकम्प पछि क्षतिग्रस्त बनेको पाटन माध्यामिक विद्यालयको नवनिर्मित भवन प्रधानमन्त्री ओलीले उद्घाटन गरेका हुन् । उक्त भवन जापान सरकारको ऋण सहयोगमा नेपाल सरकार, राष्ट्रिय पुननिर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन इकाई(शिक्षा) ले निर्माण गरेको हो ।

भवनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले पाटन माध्यामिक विद्यालय नेपालको इतिहास र व्यवस्थासँग जोडिएको बताए । विद्यालयले एक शताब्दीलाई अर्को शताब्दीसँग जोडेको पनि उनले बताए ।

ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले नेपालका ८० प्रतिशत बालबालिकाहरु सामुदायिक विद्यालयमा पढ्ने गरेको भएपनि गुणस्तरीय शिक्षा प्रदान गर्न नसकेको बताएका छन् । उनले पाटन माध्यामिक विद्यालयले आगामी दिनमा गुणस्तरीय शिक्षा प्रदान गर्ने विश्वास पनि व्यक्त गरे ।

मेयर महर्जनले गुणस्तरीय शिक्षा प्रदान गर्ने सन्दर्भमा महानगरपालिकाले आवश्यक सहयोग गर्ने उनको भनाई छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);