प्रधानमन्त्री ओलीद्वारा कृषि फलफूल तथा थोक खुद्रा बजारको उद्घाटन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ५ २०८१, बुधवार

प्रधानमन्त्री ओलीद्वारा कृषि फलफूल तथा थोक खुद्रा बजारको उद्घाटन

falful bajar udghatan

विराटनगर, ३ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले विराटनगरमा १५ करोडको लगानीमा नवनिर्मित कृषि फलफूल तथा थोक खुद्रा बजारको उद्घाटन गरेका छन् । संघीय सरकारबाट निर्मित भव्य भवनलाई प्रदेश सरकारको मातहतमा सञ्चालन हुने गरी प्रधानमन्त्री ओलीले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई आइतबार हस्तान्तरण गरेका हुन् ।

प्रधानमन्त्री ओलीले प्राविधिक कृषक इन्जिनियरहरुले कृषकहरुको घरमा नै गएर नबुझाउँदा नेपाल नाम मात्रको कृषि प्रधान देश रहन गएको बताए । उनले विराटनगरमा उद्घाटन गरेको कृषि भवन १५ करोड ४८ लाख ४९ हजार रुपैयाँको लागतमा निर्माण भएको हो ।

७ वर्ष लगाएर बनाइएको अध्याधुनिक भवन ५ बिगाहा जमिनमा फैलिएको छ । भवन हाता भित्र ३८ वटा थोक केन्द्र, ८ वटा खुद्रा, ३० वटा स्टल केन्द्र लगायत कृषकलाई चाहिने बैंकदेखि सबै सुविधा समेत रहेको छ । त्यहाँबाट वार्षिक ४४ हजार मेट्र्कि टन तरकारीका साथै १० हजार टन फलफुल खरिद विक्री हुने अनुमान गरिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);