यस वर्ष मुस्ताङमा ४२ करोडको स्याउ बिक्री | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८०, सोमबार

यस वर्ष मुस्ताङमा ४२ करोडको स्याउ बिक्री

पोखरा, १५ कात्तिक । यस वर्ष मुस्ताङका कृषकले ४२ करोडको स्याउ बिक्री गरेका छन् । काठमाडौँं, बागलुङ, पोखरा, नारायणघाटलगाएतका स्थानबाट स्याउ व्यापारीले कृषकको बगैचामै पुगेर रुखै ठेक्कामा लिई स्याउ खरिद गरेका थिए ।

यस वर्ष स्याउ उत्पादनमा झण्डै १६ प्रतिशतले वृद्धि भएको जिल्ला कृषि विकास कार्यालय मुस्ताङका योजना अधिकृत शिव पुजन गुप्ताले जानकारी दिए ।

थोक व्यापारीले बोटै ठेक्का लिएपछि बजारको मागअनुसार पाकेका दाना टिपी प्याकिङ गरेर बजारमा पठाएर बिक्री गरेका थिए । मुस्ताङमै स्याउको खुद्रा मूल्य प्रतिकिलो १०० तोकिएको थियो ।

यस वर्ष जिल्लामा पाँच हजार ३०० मेट्रिक टन स्याउ उत्पादन भएको अनुमान गरिएको छ । मुस्ताङमा कृषकले यस वर्ष ४१५ हेक्टर क्षेत्रफलमा स्याउ लगाएका थिए । गत वर्ष जिल्लामा चार हजार ५०० मेट्रिक टन स्याउ उत्पादन भएको गुप्ताले बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);