मुस्ताङको स्याउ बजारमा आउँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

मुस्ताङको स्याउ बजारमा आउँदै

म्याग्दी । हिमालपारीको जिल्ला मुस्ताङका किसानहरुलाई अहिले स्याउ टिप्न भ्याई नभ्याई छ । किसानका बगैचामा फलेका राताम्मे म्याउहरुले मनै लोभ्याईरहेको छ । स्याउ बजारमा बिक्री तथा वितरणका लागि तयार भै सकेको छ ।

बजारमा स्याउ बिक्री तथा वितरण गर्न तयार भए सँगै किसानहरुले उत्पादन भएका स्याउ बजार पठाउने तयारी सुरु गरीसकेका छन् । पाँचवटा गाउँपालिका रहेको मुस्ताङका किसानाका बारीमा फलेका स्याउ हेर्नका लागि समेत प्रर्यटक हरुको घुईचो लाग्न थालेको छ ।

यतिबेला स्याउ खरिद गर्नका लागि स्थानीय व्यापारीसहित मुस्ताङभन्दा बाहिरी जिल्लाका व्यापारीहरु स्याउ बगैंचामा पुगेको मार्फाका कृषक शुसील थकालीले बताए् । मुस्ताङका कृषकले फलाएको स्याउ छिमेकी जिल्ला म्याग्दी सहित पोखरा, चितवन, धादिङ, काठमाडौं, पोखरा लगायतका ठाउँबाट व्यापारीहरु पुगेर बगैंचा नै ठेक्कामा लिएको थकालीले बताए ।

यसवर्ष असोज १ गतेदेखि कृषकहरुले स्याउ टिप्ने तयारी गरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई मुस्ताङका कृषि अधिकृत शिवा अर्यालले बताउनुभयो । उहाँका अनुसार अहिले स्याउ खरिद गर्न पुगेका व्यापारीहरु र कामदारले स्याउको बगैंचा कुर्नुका साथै बजार पठाउने तयारीमा छन् ।

यसवर्ष विगतको तुलनामा स्याउ उत्पादन घट्ने अनुमान गरिएको छ । जलवायु परिवर्तनका कारण वातावरणमा पु¥याएको असरले स्याउमा ‘स्केल’ जातको रोग, किराको प्रकोप देखिएको हुँदा उत्पादनमा कमी आउने कृषि अधिकृत अर्यालले बताउनुभयो ।

बोटमा फल लाग्ने समयमा घाम लाग्नुको सट्टा यसपटक पानी धेरै पर्नु, एक पटकको सिजनमा धेरै फल्ने र अर्को वर्षको सिजनमा थोरै फल दिने, लामो समयसम्म पानी परेका कारण बोटमा स्ट्रे गर्न नपाउनु जस्ता कारणले यसवर्ष स्याउ उत्पादन घट्न सक्ने परियोजना कार्यान्वयन इकाइले जनाएको छ ।

व्यावसायिक स्याउ खेतीमा आबद्ध कृषि फार्म, कृषक समूह र कृषि सहकारीसहित ८७ वटा फार्महरु कार्यालयमा सुचीकृत भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई मुस्ताङ, म्याग्दीका प्रमुख डाक्टर सुधिर थापाले जानकारी दिनुभयो ।

उहाँले समय नपुगेको स्याउ गुणस्तरीय तथा स्वादिलो नहुने भएकाले असोजदेखि मात्रै टिपेर बजार पठाउन कृषकहरुलाई सुझाव दिइएको बताउनुभयो । यसवर्ष स्याउ टिप्न र खरिद गर्न तथा मुस्ताङ भ्रमणका लागि कोरोना परीक्षणको पिसिआर गरेको ७२ घण्टाको रिपोर्ट वा एन्टीजेन परीक्षणको रिपोर्टसहित कोरोनाविरुद्ध लगाएको खोप–कार्ड लिएर मुस्ताङ प्रवेशको अनुमति दिइएको प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले बताउनुभयो ।

स्याउ छिटै बजारमा लैजाँदा गुणस्तरीय नभएकाले आफूहरुले असोजबाट बजारमा पठाउने तयारी थालेको घरपझोङ गाउँपालिका २ मार्फाका अगुवा कृषक दिपक लालचनले बताउनुभयो । उहाँले आफ्नो २५ सय रोपनीको जग्गामा व्यावसायिक स्याउ खेती गरेको बताउँदै ६ सय बोटले उत्पादन दिन थालेको जानकारी दिनुभयो । यसवर्ष ईटालीयन जातको उच्च घनत्व (हाई डेन्सिटी)को १ हजार बोट स्याउका बिरुवाहरु समेत लगाएको कृषक लालचनले बताउनुभयो ।

बोटमै प्रतिकेजी एकसय रुपैयाँ मूल्य पर्ने मुस्ताङी स्याउ ‘ए’ र ‘बि’ ग्रेड छुट्याएर बजार पठाउने गरिन्छ । मुस्ताङमा १२ सय भन्दाबढी हेक्टरमा व्यावसायिक रुपमा स्याउको खेती गरिएको छ भने वार्षिक झण्डै ६ हजार मेट्रिक टन स्याउ उत्पादन हुँदै आएको छ । मुस्ताङमा सबैभन्दा राम्रो स्याउ फल्ने मार्फा र टुकुचेलाई मानिन्छ ।

मुस्ताङको घरपझोङ गाउँपालिकाको पाँचवटै वडा, थासाङको टुकुचे, बाह्रगुङ मुक्तिक्षेत्र गाउँपालिकाको कागबेनी, मुक्तिनाथ, झोङ, छुसाङ र चैले स्याउ उत्पादनको पकेट क्षेत्र मानिन्छन् । उपल्लो मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिकाको केही वडा र लोमान्थाङ गाउँपालिकामा समेत पछिल्लो समय स्याउ खेती हुन थालेको छ ।

मुस्ताङ जिल्लामा गोल्डेन, रोयल र रेड डेलिसियस, रिचारेड तथा फुजी डेलिसियस जातका स्याउको उत्पादन हुँदै आएको छ । पछिल्लो समय उच्च घनत्वको ईटालीयन जातको स्याउ समेत लगाइएको छ । मुस्ताङमा उत्पादित स्याउ म्याग्दीको सदरमुकाम बेनीबजार हुँदै बागलुङ, कुस्मा, पोखरा, काठमाडौं, नारायणगढ, बुटवल र भैरहवासहित नेपाली र विदेशी बजारमा पुग्ने गरेको छ ।

समुन्द्री सतहदेखि ४ हजार मिटरभन्दा माथिको उचाइसम्म स्याउखेती हुने गरेको छ भने राम्रो व्यवस्थापन गर्न सकेमा एउटै बोटबाट मात्रै ३ क्वीन्टलसम्म स्याउ उत्पादन गर्न सकिन्छ । कृषकहरुले स्याउबाट जुस, ब्राण्डी, जाम, चिप्स, सुकुटी, क्यान्डी, स्लाईडर जस्ता परिकारहरु बनाएर बिक्री गर्ने गरेका छन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);