उपत्यकामा रहेका विद्यालय खोल्ने वा नखोल्नेबारे अन्योल (भिडियो सहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

उपत्यकामा रहेका विद्यालय खोल्ने वा नखोल्नेबारे अन्योल (भिडियो सहित)

काठमाडौं । लामो समय बन्द रहेका काठमाण्डौ उपत्यकामा रहेका विद्यालय खोल्ने वा नखोल्नेबारे अन्योल भएको छ । कोरोनाको जोखिम कायम नै भएकाले र सरकारले पनि हतारमा विद्यालय खोल्न नहुने जनाएपछि उपत्यकामा विद्यालय खोल्ने नखोल्ने भन्नेमा अन्योल बढेको हो ।

कोरोनाका कारण कारण लामो समय बन्द रहेका शैक्षिकसस्थाहरु संचालन गर्ने वा नगर्नै भन्नेमा दुई मत देखिएको छ । असोज १ गते देखि विद्यालय खुल्ने तयारी भइरहेकोबेला काठमाडौ जिल्ला प्रशासनले विज्ञप्ती जारी गर्दे भाौतिक उपस्थितीमा विद्यालय खोल्न रोक लगाएपछि अन्योल बढेको हो ।

काठमाडौंका कतिपय नगरपालीकाले आंशिक रुपमा विद्यालय खोलिसकेका छन् । भौतिकरुपमा विद्यालय नखुलेपनि धेरै ठाउँमा अनलाइन कक्षा भइरहेका छन् । तर त्यो पर्याप्त नभएका कारण विद्यालय खोल्नुपर्ने त्रिभुवन विश्वविधालयका सहप्रध्यापक शोभाकर कँडेलले बताए ।

विद्यालयहरुको छाता संगठन प्याब्सनले यसबारे ठोस निर्णय लिन सकेको छैन । काठमाण्डौ उपत्यकामा अहिले आंशिक रुपमा विद्यालय खुलेका छन् भने ललितपुरका केहि विद्यालय संचालनमा छन् ।

तर कतिपय विद्यालयहरु दशै अघि भौतिक रुपमा संचालन गर्ने छाट देखिएको छैन भने अविभावकहरु पनि जोखिम मोलेर आफ्ना बच्चाहरु बिद्यालय पठाउन तयार छैनन् । जोखिम कायमै रहेकाले हतारमा भौतिक रुपमा विद्यालय संचालन गरे पछुताउनु पर्ने अबस्था आउने सस्थागत विद्यालय अभिभावक संघका केन्द्रीय अध्यक्ष …रमा गिरिले बताए ।

शिक्षा विकास तथा समन्वय इकाइको तथ्यांक अनुसार काठमाडौं जिल्लामा १ हजार १ सय ४० निजी र २ सय ७५ सामुदायिक गरी १ हजार ४ सय १५ विद्यालय छन् । महानगरपालिका भित्र मात्र ९३ सामुदायिक र ६ सय ४२ संस्थागत विद्यालय छन् ।

दशै पछि पनि विद्यालय खोल्न कोरोना जोखिम विश्लेषण गर्नु पर्न अवस्था छ । त्यसैले सरकारले लामो समय बन्द रहेको पठनपाठन संचालन गर्नका लागि नयाँ रणनितिका साथ अघि बढ्न जरुरी छ । नभए उसै त नेपालको खस्किएको शिक्षा प्रणाली झनै तहस नहस नहोला भन्न सकिन्न ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);