अझै चल्न सकेन रेल (भिडियो सहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

अझै चल्न सकेन रेल (भिडियो सहित)

काठमाडौं । जनकपुरको कुर्थाबाट जयनगरसम्म चलाउन भनेर नेपालमा रेलभित्र भित्राएको एक वर्ष पूरा भएको छ । भारतले विस्तार गरिदिएको ब्रोडगेज रेलमार्गको उच्च गति परीक्षण भइसक्दा पनि करिब एक अर्बमा किनेर ल्याएको रेल चलाउन सरकारले सकेको छैन ।

करसहित करिब १ अर्ब बढी रकम खर्चेर ल्याएको रेल तत्कालै चल्न सक्ने अवस्था छैन ।
२०७७ असोज २ गते नेपाल आएका रेलहरु अहिले धनुषाको इनर्वामा खुला आकाशमुनि त्रिपाल ओढेर पार्किङमा छ । रेललाई सुरक्षित गर्न लगाइएको त्रिपाल फटेर धुजा–धुजा भइसक्दा पनि रेलले सेवा दिन थालेको छैन ।

नेपाल रेल्वे कम्पनीले जिम्मा पाएपनि कहिले कर्मचरी त कहिले कानुनको अभावको कारण देखाएर रेल चलाइएको छैन । लामो समयसम्म पार्किङमा राख्दा नयाँ रेलमा खयिा लाग्न थालिसकेको छ । तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलि सरकारले तामझमका साथ रेल ल्याएतपनि त्यसले प्रभावकारीता पाउन सकेन ।

रेलको आशा निराशामा परिवर्तन हुँदै गएको जनमानसको अभिव्यक्तिबाट देखिन्छ । केपी ओली नेतृत्वको तत्कालीन सरकारले रेल चलाउने वातावरण बनाउन राष्ट्रियसभाले संशोधन गरेको रेल्वे विधेयकको मस्यौदालाई रेल्वे अध्यादेशका रुपमा ल्याएको थियो ।

करसहित करिब १ अर्ब बढी रकम खर्चेर ल्याएको रेल तत्कालकै अवस्थामा चल्न नसकेको हुँदा रेल संचालनमा नआएको हो । सरकारले ल्याएको रेल्वे अध्यादेश संसदमा टेबल भएपनि पास नहुँदै निष्क्रिय बनेको छ ।

लगभग एक अर्बको लागतमा किनिएको ती रेल सेटहरु ट्रायलपछि धनुषाको इनर्वा स्टेशनमा त्रिपालले ढाकेर राखियो। पालले ढाकेर राखिएको रेलको पाल च्यातिँदै गयो तर सञ्चालनका लागि पहल गतिलोसँग भएन ।

गत वर्ष आजकै दिन दिन डेढ महिनाभित्रै रेल संचालनमा आउने दाबी गरिएको थियो। भारतसँग खरिद गरेर ल्याइएका ती रेलहरु खुला आकाशमुनि नै राखिएकाले खिया लाग्न थालेको छ। यसका साथै रेल नगुड्दा ठाउँ ठाउँमा रेल्वे लिकका क्लिपहरु समेत चोरी भइरहेका छन । विना पुर्व तयारी रेल संचालनमा ल्याएका कारण नै रेल संचालनमा नआएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);