नेपालमा रेल-कौवालाई बेल,- हर्ष न विस्मात | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

नेपालमा रेल-कौवालाई बेल,- हर्ष न विस्मात

नेपालमा रेल आएको विषय केहि दिनदेखि चर्चामा छ । विभिन्न राजनीतिक टिकाटिप्पणी संगै आएको रेलको सम्बन्धमा खुसि हुनेहरुको बीच केहि प्रश्नहरु अनुत्तरित छन । त्यसो त भौतिक संरचना र भौतिक साधनहरुलाई देशको विकासको सुचक मान्ने गरिन्छ । तर त्यस्तो प्रकारको भौतिक साधनहरु मुलतः आर्थिक विषयसंग प्रत्यक्ष सरोकार राख्छन ।

राणा शासकहरुले विदेशबाट झिकाएको गाडी थुप्रै जनताहरुलाई काँधमा बोकाएर काठमाडौ प्रवेश गराउदा काठमाडौका जनताले त्यसलाइ विकास भएको भन्दै लाइन लागेर हेरेका थिए रे । तर अहिले काठमाडौमा लगभग धेरै घरहरुमा करोडौको गाडी पार्क हुन्छ । के साच्चै देश विकास भएको छ । समय र सन्दर्भ फरक फरक छन । तर घटनाक्रम भने उस्तै उस्तै देखिन्छन ।

त्यति बेलाको लाइन लागेर मोटर हेर्ने जनता र अहिलेका लाइन लागेर रेल हेर्ने जनताको विचमा खासै भिन्नता देखिदैन । प्रधानमन्त्रीसंग जोडिएर आउने विषय रेल पनि हो । केरुङ, काठमाडौ, पोखरा बेनी,लगाएतका ठाउँहरुमा रेल आउने प्रधानमन्त्रीको भाषण अहिले पनि सामाजिक संजालमा भाइरल देखिन्छन् । रेल जसरी पनि आउनुपर्छ भन्नेहरु प्रधानमन्त्री प्रति व्यङ्यात्मक हाँसो गर्छन । तर आर्थिक क्षेत्रले रेलबाट अपेक्षित लाभ देख्न सकेको छैन ।

पर्याप्त आन्तरीक उत्पादन बिनाको कमजोर अर्थतन्त्रमा रेलले काम पाउँला कि नपाउँला? भारतबाट नेपाल आएको रेल नेपालका भु भागहरुमा चल्न थाल्दा त्यसबाट नेपाललाई के फाईदा होला भनि गम्भिर रुपमा सोच्न जरुरत छ । नेपाललाइ फाइदा हुनको निमित्त त्यो रेलभरि नेपाली सामान लोड गरेर पठाउन सक्ने क्षमता नेपालसंग हुनुपर्छ । बाहिरबाट रेल भरिएर नेपाल आउने अनि नेपालबाट खाली बाहिर जाने अवस्थाले नेपाललाई फाइदा हुदैन ।बरु यो संगै नेपाललाइ केहि महत्वपुर्ण क्षेत्रहरुमा ठुलो नोक्सानी हुनसक्छ । चुरे एरियाका ढुँगा, माटो, गिट्टी ,बालुवा सजिलै विदेशिन सक्नेछन ।

चारकोसे झाडीका रुखहरु हराउन अरु सजिलो हुनेछ । भारतबाट आउने सामाग्रीहरुको ढुवानी मुल्य घटेसंगै नेपालमा उत्पादन हुने सामानको तुलनामा अरु सस्तो बन्न गएसंगै नेपालीहरुको किनेर खाने प्रवृत्ति अरु बढ्ने छ । नेपालका जमिनहरुमा उत्पादनको अनुपात लगभग न्युन हुनेछ । वैकल्पिक रोजगारीको वातावरण विना पारम्पारिक पेशा र व्यवसाय अरु शिथिल हुनेछन । उत्पादनशिल क्षेत्रहरु अरु निस्कृय रहेसंगै नेपालीहरुको विदेश पलायन अरु व्यापक हुनेछ ।

समग्रमा नेपालमा आएको रेल कौवालाई बेल भने जस्तै हुुनेछ । विकासका संरचनाहरु र साधनहरु नेपाललाई आवश्यक छैन भन्ने खोजिएको होइन । व्यापक रुपमा यस्ता साधन नेपालमा भित्रिनु पर्छ । त्यो भन्दा पहिला नेपालीहरुको हैसियत सुुधार्नुु तर्फ ध्यान जानु जरुरी छ । उत्पादनको क्षेत्रहरुमा व्यापक बनाईनुुपर्छ । जनतको स्वः स्फुुर्त परिचालनबाट आन्तरिक समृद्धितर्फ ध्यान दिईनुपर्छ । साधन माथिको पंहुुच जनताको हुुने वातावरण बनाईनुुपर्छ ।

अनिमात्र रेल पानीजहाज लगायतका साधनहरुको उपादयता सावित हुुन सक्छ । अन्यथा परिवर्तित वातावरणसंग साक्षात्कार हुुन नसक्ने जनताको अवस्था रहेसम्म आयातित विकासको कुुनै अर्थ रहंदैन । आयातित विकासले देशलाई अरु परतन्त्र बनायो भने त्यस्तो विकासलाई विकास भनिदैन । त्यसैले नीति निर्माता तहमा व्यापक अभ्यासको जरुरत छ । चुुनावी मनोरेलको नारा भन्दा कृषिक्रान्ती आजको आवश्यक्ता हो । व्यापक रोजजारीको वातावरण देशको माग हो ।

सबै नेपालीलाई देशमा बस्ने सक्ने गर्विलो वातावरण जनताको अपेक्षा हो । देखासिकीको विकासले समस्या समाधान होइन अरु बढाउंछ । देशले मार्ने विकासको फड्को जनताको लागि कौवालाई बेल पाक्यो हर्ष न विस्मात भने जस्तो हुनु हुुदैन ।

नेपालमा रेल-कौवालाई बेल,- हर्ष न विस्मात” मा प्रतिक्रिया

  1. पछिल्लो समय mountain tv बाट जतिपनि प्रशारण हुने समचारहरु सान्दर्भिक छन् यसलाई निरन्तरता दिनुहोला! र सरकार होस या जनता राम्रो गरे राम्रो नराम्रो गरे नराम्रो भनेरननिरन्तरयसरी नै अघी बढ्नुहोला! ब्यापक भ्रष्टचारमा लिप्त सरकार, बेथिति र देशपरदेशका घटनाहरुपनि प्रसारण गरिदिनुहोला !(chandra bahadur gurung) सुमन हाल साउदी

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);