कालो बजारी गर्ने दरबारमार्गका १० व्यापारी पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

काठमाडौं, १५ कात्तिक । काठमाडौंको दरबारमार्गमा कालो बजारी गरेको अभियोग लागेका १० जना व्यापारीलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी उपरीक्षक रामदत्त जोशीले दरबारमार्गमा कालो बजारी गरेको अभियोग लागेका १० जना व्यापारीलाई मंगलबार अपरान्ह पक्राउ गरिएको जानकारी दिए । दसैं अघि नै आपूर्ति मन्त्रालयले अनुगमनको क्रममा कालोबजारी भएको आशंका गरेका १० जना व्यापारीलाई महानगरीय प्रहरी परिसर, काठमाडौंले मंगलबार अपरान्ह पक्राउ गरेको हो ।

पक्राउ परेकाहरुलाई कालो बजारी ऐन अन्तरगत अनुसन्धान गरी कार्वाही प्रक्रिया सुरु गरिएको पनि प्रहरी उपरीक्षक जोशीले बताए । प्रहरीले कालो बजारीको अभियोग लागेका अन्य ५ जना व्यापारीको पनि खोजी कार्यलाई जारी राखेको छ ।

दसैँ अघि नै अनुगमनको क्रममा कालो बजारी गरेको पाइएपछि आपूर्ति मन्त्रालयले दरबारमार्गका १३ जना व्यापारीमाथि अनुसन्धान गरी कार्वाही प्रक्रिया अघि बढाउन नेपाल प्रहरीलाई आग्रह गरेको थियो ।

सोही आग्रहको आधारमा कालो बजारीमा संलग्न व्यापारीहरुलाई पक्राउ गरी कार्वाही प्रक्रिया अघि बढाएको महानगरीय प्रहरी परिसर, काठमाडौंले जनाएको छ ।

दरबारमार्गस्थित विभिन्न पसलमा तोकिएको मूल्य भन्दा दोब्बरमा बस्तु विक्री भएको पाइएपछि सरकारले त्यहाँ अनुगमन गरेको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);