खाना पकाउने ग्यास, पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

खाना पकाउने ग्यास, पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो

gas-58c2a1a2c0fe90.73759794

काठमाडौं, १६ कार्तिक । नेपाल आयल निगमले बुधबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टितेल ग्यासको मूल्य बढाएको छ। पट्रोल अब प्रतिलिटर १०० रुपैयाँ, डिजेल र मट्टितेल लिटरको ७५ रुपैयाँ ५० पैसा कायम भएको छ। एलपी ग्यासको मूल्य पनि बढाइएको छ। अब उपभोक्ताले ग्यास प्रतिसिलिन्डरलाई १३ सय ५० रुपैयाँ तिनुपर्ने छ।

अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढेपछि भारतीय आयल कर्पोरशेनले तेलको मूल्य बढाएर आयल निगमलाई पठाएको थियो।त्यसैका आधारमा निगमले १५ दिनमा २२ करोड घाटा बेहोर्नुपर्ने भएपछि मूल्य समायोजन गरिएको आयल निगमले जनाएको छ। आज गरिएको मूल्य समायोजनबाट निगमलाई पाक्षिक १ करोड ९७ लाख नाफा हुनेछ।

निगमलाई आज बढाएको मूल्यअनुसार पेट्रोलमा लिटरमा ५।५० पैसा र मटितेलमा १६ रुपैयाँ २ पैसा नाफा छ। डिजेलमा ७५ पैसा र ग्यासमा प्रतिसिलिन्डर २१५ रुपैयाँ घाटा रहेको छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);