पेट्रोलियम पदार्थमा मूल्य बृद्धि | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

पेट्रोलियम पदार्थमा मूल्य बृद्धि

petrol

काठमाडाैं, ६ माघ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य वृद्धि गरेको छ । सोमबार रातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको साबिक खुद्रा बिक्री मूल्यमा प्रतिलिटर दुई रुपैयाँका दरले वृद्धि गरिएको हो ।

निगमका अनुसार अव पेट्रोल प्रतिलिटर ११० रुपैयाँ तथा डिजेल र मट्टीतेल प्रतिलिटर ९३ रुपैयाँ कायम भएको छ । एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत् छ । यसअघि प्रति १५ दिनमा इन्धनबाट साढे ६७ करोड रुपैयाँ घाटा हुने देखिएपछि इन्धनको मूल्य समायोजन गरेको निगमले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

अहिले कायम हुने नयाँ बिक्री मूल्यअनुसार निगमलाई अझै पनि प्रति १५ दिनमा ५० करोड रुपैयाँ घाटा रहेको बताइएको छ । डेढ महिनाको अन्तरालमा इन्डियन आयल निगम आईओसी ले पठाएको मूल्य सूचीअनुसार सबै प्रकारका इन्धनमा ७/७ रुपैयाँ महँगो र एलपी ग्यास १९ रुपैयाँ महँगो भइसकेका कारणले मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);