नेपाल आयल निगमले पुनः बढायो पेट्रोलियम पदार्थको मूल्य | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

नेपाल आयल निगमले पुनः बढायो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं, २३ चैत । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

निगमले आइतबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो ।

नयाँ मूल्य सूची अनुसार पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर दुई÷दुई रुपैयाँ बढेको छ । योसँगै अब पेट्रोल प्रतिलिटर १ सय २० रुपैयाँ र डिजेल, मट्टितेल १ सया ३ रुपैयाँमा कारोबार हुनेछ । खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने बढाइएको छैन ।

यसपालि भने भारतीय आयल कर्पाेरेसन आइओसीले मूल्य नबढाए पनि निगमले मूल्य बढाएको हो । निगमले घाटा पूर्ति गर्नका लागि भन्दै मूल्य बढाएको जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);