व्यापारीकै संरक्षणमा मुलुकमा कालोबजारी हुने गरेको मन्त्री यादवको खुलासा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

काठमाडौं, १६ चैत । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले व्यापारीहरुकै संरक्षणमा मुलुकमा कालोबजारी हुने गरेको खुलासा गरेका छन् ।

मन्त्री यादवले कालो बजारी नियन्त्रणका लागि व्यापारीहरुले सरकारलाई सहयोग नगरेको बताए । शुक्रबार नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीसँगको सामूहिक भेटमा कालो बजारी हुन नदिन व्यापारीहरुले अभियान नै चलाउनुपर्ने आवश्यक्तामा जोड दिए ।

मन्त्री यादवले कालो बजारी नियन्त्रणका लागि साथ दिन पनि व्यापारीहरुलाई आग्रह गरे । त्यस अवसरमा उनले व्यापारीहरु सरकार मैत्री नभएको गुनासो गरे ।

मन्त्री यादवले सरकारले बजार अनुगमनको कामलाई व्यवस्थित बनाउन उद्योगी, व्यापारीसँग विस्तृत छलफल गर्ने योजना बनाएको जानकारी दिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणपछि बजार अनुगमनको कामलाई व्यवस्थित बनाउन उद्योगी, व्यापारीहरुसँग विस्तृत छलफल गर्ने मन्त्री यादवको योजना छ । मन्त्री यादवले सरकार कालो बजारी हुन नदिन प्रतिवद्ध रहेको बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);