सरकारले लोकतन्त्रमाथि सुनियोजित ढंगले प्रहार गरेको बडुको आरोप | ईमाउण्टेन समाचार

Our Network

चैत ८ २०८०, बिहीबार

सरकारले लोकतन्त्रमाथि सुनियोजित ढंगले प्रहार गरेको बडुको आरोप

dilendra-prasad-badu

काठमाडौं, १६ चैत । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रजातन्त्र र लोकतन्त्रमाथि सरकारले प्रहार गर्न थालेको आरोप लगाएको छ । प्रतिनिधीसभाको बैठकमा कांग्रेस सांसद दिलेन्द्रप्रसाद बडुले शहीद दिवस र प्रजातन्त्र दिवसको दिनको सार्वजनिक विदा कटौती गरेर सरकारले लोकतन्त्र र प्रजातन्त्रमाथि षडयन्त्रपुर्वक प्रहार गरेको बताएका छन् ।

फागुन ७ गते प्रजातन्त्र दिवस र माघ १६ गते शहीद दिवसको विदा कटौती गर्ने सरकारको निर्णयलाई आफूहरुले लोकतन्त्र विरुद्धको सुनियोजित आक्रमणको रुपमा लिएको उनको भनाइ थियो ।

सांसद बडुले भारतीय सिमा जोडिएको जिल्ला दार्चुलामा झण्डै डेढ महिनादेखि जारी विवादबारे सरकार गम्भीर नबनेको आरोप पनि लगाए । सो क्षेत्रमा नेपाल सरकारलाई जानकारी सम्म नदिई भारतले ८ वटा पुल बनाएको, नेपालीले प्रयोग गर्ने पुल भारतीय सिमा सुरक्षा अधिकारीले हटाईदिएको तथा त्यसबारे दार्चुलाको स्थानीय प्रशासनले तत्काल ध्यानाकर्षण गराउँदा पनि उदासिनता देखाएको भन्दै उनले सरकारले ध्यानाकर्षण गराए ।

सीमा क्षेत्रमा देखिएका समस्या समाधानका लागि तत्काल पहल नगरे परिस्थिति जटिल हुने भन्दै उनले स्थानीय प्रशासनले दिएको सुझाव अनुसार पहल कदमी लिन सरकारलाई आग्रह गरे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);