आज १३ औ गणतन्त्र दिवस, गृहमन्त्रालयद्वारा दीपावली गर्न अनुरोध | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

आज १३ औ गणतन्त्र दिवस, गृहमन्त्रालयद्वारा दीपावली गर्न अनुरोध

Ganatantra-Diwas

काठमाडौं, १५ जेठ । आज १३ औ गणतन्त्र दिवस हो। झन्डै २ सय ४० वर्षको इतिहास बोकेको शाह वंशीय राजतन्त्रलाई हटाएर नेपालमा गणतन्त्र स्थापना भएको दिन हो ।

आज १३ औ गणतन्त्र दिवस देशभर मनाईदै छ । संविधानसभाको पहिलो बैठकले विसं २०६५ जेठ १५ गते नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको सम्झनामा प्रत्येक वर्ष जेठ १५ गते विविध कार्यक्रम गरी यो दिवस मनाइन्छ । आम नागरिकमा गृहमन्त्रालयले तीन दिन दीपावली गरी गणतन्त्र दिवस मनाउन अनुरोध गरेको छ ।

मन्त्रालयले एक विज्ञप्ति जारी गरी मन्त्रिपरिषद्को जेठ १२ को निर्णयअनुसार जेठ १४, १५ र १६ गते साँझ घरघरमा दीपावली गरेर गणतन्त्र दिवस मनाउन अनुरोध गरेको हो ।

२०७४ सालसम्म गणतन्त्र दिवसमा विदा हुने गरेको थियो । तर २०७५ सालदेखि यो विदा कटौती गरिएको छ । सरकारले लोकतन्त्र दिवस, गणतन्त्र दिवस, प्रजातन्त्र दिवस जस्ता दिवसलाई एकीकृत गरि ति दिवसको साटो एक दिन बिदा दिएर विशेष दिवस मनाउने निर्णय गरेको हो ।

सरकारले २०७५ चैत्र १ गते प्रकाशित गरेको नेपाल राजपत्रमा पनि गणतन्त्र दिवसलाई राष्ट्रिय रुपमा मनाइने तर कार्यालय खुल्ने विदाको रुपमा सुचिकृत गरेको छ । कोरोना महामारीका कारण यस वर्ष कुनै औपचारिक कार्यक्रम भने हुने छैनन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);