वडाध्यक्ष र आइसोलेसनमा मृत्यु भएका पुरुषको रिपोर्ट कोरोना नेगेटिभ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

वडाध्यक्ष र आइसोलेसनमा मृत्यु भएका पुरुषको रिपोर्ट कोरोना नेगेटिभ

coronatest

काठमाडौं, १५ जेठ । क्वारेन्टानमै मृत्यु भएका वडाध्यक्ष र आइसोलेसनमा मृत्यु भएका ५५ वर्षीय पुरुषको रिपोर्ट कोरोना नेगेटिभ आएको छ ।

क्वारेन्टानमै मृत्यु भएका कञ्चनपुर कृष्णपुर नगरपालिका–७ का वडाध्यक्षको थ्रोट स्वाबको सङ्कलित नमूनाको पीसीआर परीक्षण गर्दा कोरोना भाइरसको नतिजा नेगेटिभ आएको छ ।

राष्ट्रिय माध्यमिक विद्यालयमा रहेको क्वारेन्टिन व्यवस्थापनको कार्य हेर्नका लागि गएका वडाध्यक्ष राना कुर्सीमा बसेर फोन गरिरहेका बेला एक्कासी बेहोस भइ मृत्यु भएको थियो । राति नै रानाको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पताल धनगढी लगिएको थियो ।

उनका अनुसार अस्पतालकै आइसोलेसनमा बसेका कैलालीका गौरीगङ्गा नगरपालिका–७ का ५५ वर्षीय पुरुषको स्वाबको रिपोर्टसमेत नेगेटिभ आएको छ । आइसोलेसनमा बसेका व्यक्तिको बुधबार बिहान ६ बजे मृत्यु भएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);