मोरङ र सुनसरीमा ३ कोरोना संक्रमितको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

मोरङ र सुनसरीमा ३ कोरोना संक्रमितको मृत्यु

corona virous

मोरङ, २० असोज । कोरोना भाइरस संक्रमणबाट मोरङ र सुनसरीमा गरी ३ जनाको मृत्युु भएको छ । मृत्यु हुनेमा मोरङका दुई जना र सुनसरीका एक जना छन् ।

मोरङको विराटनगरस्थित नोबेल मेडिकल कलेजको आइसोलेसनमा उपचाररत मोरङका दुई जना कोरोना संक्रमितको आज बिहान मृत्यु भएको हो । कानेपोखरी गाउँपालिका-६ का ५० वर्षीय पुरुष र सुन्दर हरैँचा-४ का ४५ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको हो ।

अस्पतालका जनसम्पर्क अधिकृत नारायण दाहालका अनुसार क्यान्सर रोगबाट पीडित कानेपोखरीका ति पुरुषलाई ज्वरो आएपछि सोमबार उपचारका लागि अस्पताल भर्ना गरिएको थियो ।

उता सुन्दरहरैँचाका ४५ वर्षीय पुरुषलाई ज्वरो, निमोनिया र टाइफाइड भएपछि असोज १३ गते उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । आईसीयूमा राखेर उपचार गर्दा गर्दै आज बिहान उनको मृत्यु भएको हो ।

त्यसैगरी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एकजना कोरोना संक्रमितको आज बिहान मृत्यु भएको छ । सुनसरीको धरान–३ का ६४ वर्षीय पुरुषको मृत्यु भएको प्रतिष्ठानका सह–प्रवक्ता आशिष श्रेष्ठले जानकारी दिनुभयो ।

ती पुरुषमा असोज १२ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनी डायबिटिज र टिबी रोगबाटसमेत पीडित रहेको प्रतिष्ठानले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);