सवारी दुर्घटनामा एकको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

जेठ ३ २०८१, बिहीबार

सवारी दुर्घटनामा एकको मृत्यु

motercycle durghatana

धरान, २० असाेज । सुनसरीको धरानमा सवारी दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा धरान १४ बस्ने २५ बर्षीय गोकुल तामाङ छन् । आज बिहान सवाँ १० बजे धरानको त्रिवेणी मार्गको भित्रि सडकखण्डमा को १ त ८८०१ नम्बरको मिनि ट्याक्टरले को ३० प १२९६ नम्बरको स्कुटरलाई ठक्कर दिदा स्कुटर पछाडी सवार रहेका तामाङ गम्भिर घाईते भएका थिए ।

घाईते तामाङको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा पौने ११ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ । स्कुटर चालक सुस्मन मैनाली भने सामान्य घाईते भएको प्रहरीले जनाएको छ ।

मिनि ट्याक्टर र सोको चालक तुलसी बि.क. नियन्त्रणमा रहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);