मोरङ कारागारमा कोरोना संक्रमितको संख्या ५४ पुग्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

मोरङ कारागारमा कोरोना संक्रमितको संख्या ५४ पुग्यो

बिराटनगर । मोरङ कारागारमा थप ३५ कैदीबन्दीमा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना लक्षण देखिएकाे आशंकामा ३९ जनाको शनिबार पीसीआर परीक्षण गर्दा ३५ जनामा कोरोना पुष्टि भएको हो । योसँगै कारागारमा कोरोना संक्रमण पुष्टि हुने कैदीबन्दीको संख्या ५४ पुगेको छ ।

अत्यधिक ज्वरोका कारण गत बिहीबार कैदी निरबहादुर नेपालको उपचारका क्रममा कोशी अस्पतालमा मृत्यु भएपछि कारागार प्रशासनले कोरोना संक्रमण भएको आशंकामा परिक्षण सुरु गरेको थियो । जसअनुसार शुक्रबार मात्रै ज्वरो आएका २३ कैदीबन्दीको एन्टिजेन परीक्षण गर्दा १९ जनामा पोजिटिभ रिपोर्ट आएको थियो । कारागार प्रमुख तुलसीराम भगतका अनुसार शनिबार थपिएका ३५ संक्रमितलाई आइसोलेट गरेर राखिने र स्वास्थ्य समस्या देखिए कोशी कोभिड अस्पताल लैजाने तयारी गरिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);