नेपालमा कोरोना संक्रमितको संख्या ५४ पुग्यो, ५४ हजार ८२६ जनाको परीक्षण | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

नेपालमा कोरोना संक्रमितको संख्या ५४ पुग्यो, ५४ हजार ८२६ जनाको परीक्षण

corona press meet 16

काठमाडौं, १६ वैशाख । नेपालमा मंगलबार थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ५४ पुगेको छ । रौतहटका २४ र ३५ वर्षिय पुरुषमा संक्रमण पुष्टि भएसँगै नेपालमा संक्रमितको संख्या ५४ पुगेको हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा उनीहरुको नमुना परीक्षण गरिएको थियो ।

मंगलबार आयोजित नियमित प्रत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले भारतबाट आएर कवारेन्टाइनमा बसिरहेका उनीहरुको नमुना परीक्षण गर्दा पोजेटिभ देखिएको जानकारी दिनु भएको हो ।

नेपालमा संक्रमण देखिएका व्यक्तिहरु अधिकांश भारत लगायत अन्य मुलुकबाट आएकाहरु छन् । अहिले कोशी अस्पतालमा सबैभन्दा बढी ३१ जनाको उपचार भइरहेको छ । नारायणी अस्पतालमा ३, चितवनमा ३ र सेती प्रादेशिक अस्पतालमा १ जना संक्रमित उपचाररत रहेका छन् । अहिलेसम्म १६ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

अहिलेसम्म ५४ हजार ८ सय २६ परीक्षण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । देशभरी अहिले २२ हजार ९९ जना क्वारेन्टाइनमा रहेका छन् । काठमाडौं उपत्यकामा ४ र बाहिर १ सय ३ गरी १ सय ७ जना आइसोलेसनमा उपचाररत रहेको प्रवक्ता देवकोटाले बताउनु भयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);