कोरोना संक्रमितको संख्या ५४ पुग्यो, १६ जना निको भएर घर फर्किए | ईमाउण्टेन समाचार

Our Network

वैशाख २१ २०८१, शुक्रबार

कोरोना संक्रमितको संख्या ५४ पुग्यो, १६ जना निको भएर घर फर्किए

Rautahat

काठमाडौं, १६ वैशाख । नेपालमा थप दुई जनामा कोरोना संक्रमण भेटिएको छ । रौतहटको वृन्दावन नगरपालिका ९ भुसहा र देवाही गोनाही नगरपालिका १ का २ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय रौतहटले जनाएको छ । योसंगै नेपालमा कोरोना संक्रमितको संख्या ५४ पुगेको छ । १६ जना उपचारपछि निको भएर घर फर्किसकेका छन् । अहिले सबैभन्दा बढी विराटनगरमा ३१ जना उपचाररत रहेका छन् ।

यसैगरी वीरगञ्जमा ३ तथा भरतपुर र कैलालीमा १—१ जना उपचाररत रहेका छन् । स्वास्थ्य मन्त्रालयले केही ठाउँमा मात्र कोरोना दोस्रो चरणमा प्रवेश गरेको भन्दै लकडाउनको पूर्ण पालना र क्वारेन्टाइन व्यवस्थापनमा ध्यान दिन आग्रह गरेको छ । अहिले मुलुकभर २० हजार १ सय ९५ जना क्वारन्टाइनमा रहेका छन् । उपत्यकामा ८ र बाहिर ९८ सहित १ सय ६ जना आइसोलेसनमा उपचाररत छन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);