इन्जिनियर्स एसोसिएसनद्धारा स्वाव कलेक्सन बुथ सरकारी अस्पताललाई हस्तान्तरण | ईमाउण्टेन समाचार

Our Network

वैशाख २७ २०८१, बिहीबार

इन्जिनियर्स एसोसिएसनद्धारा स्वाव कलेक्सन बुथ सरकारी अस्पताललाई हस्तान्तरण

ppe booth

काठमाडौं, १६ वैशाख । नेपाल इन्जिनियर्स एसोसिएसन बागमती प्रदेशले स्वाव कलेक्सन बुथ निर्माण गरी बागमती प्रदेशका सरकारी अस्पतालहरुलाई हस्तान्तरण गरेको छ । एसोसिएसनले निर्माण गरेका स्वाव कलेक्सन बुध मंगलबार विभिन्न ६ वटा सरकारी अस्पतालहरुलाई हस्तान्तरण गरेको हो ।

कोरोना नियन्त्रणका लागि अग्रपंक्तीमा काम गर्ने स्वास्थ्यकर्मीको सुरक्षार्थ बुथ निर्माण गरिएको एसोसिएसनले जनाएको छ । एसोसिएसनका सभापति नन्दलाल बञ्जाडेले दोलखाको चरिकोट, सिन्धुपाल्चोकको मेलम्चि र बाह्रविसे, काभ्रेको पाँचखाल, नुवाकोट खरानीटार र धादिङको धादिङवेसीका लागि कलेक्सन बुथहरु पठाएको जानकारी दिनुभयो ।

कोरोना नियन्त्रणका लागि कोरिया तथा भारत लागयतका बुथहरुबाट स्वाव कलेक्सन भइरहेको सन्दर्भमा नेपाली इन्जिनियरहरुले पनि निर्माण गरेको एसोसिएसनका सदस्य सुरज गौतमले बताउनुभयो ।

एउटा बुथ निर्माणमा ९० हजार देखि १ लाखसम्म खर्च हुने गरेको छ । एसोसिएसनका सदस्य तथा अन्य इन्जिनियरहरुले अहिले आर्थिक सहयोग गरिरहेका छन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);