खाद्यान्न ढुवानी गर्ने ट्रकमा मदिरा ओसार पसार | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

खाद्यान्न ढुवानी गर्ने ट्रकमा मदिरा ओसार पसार

madira bara

बारा, १६ वैशाख । सरकारले गरेको ‘लकडाउन’ को बेला खाद्यान्न बोक्ने गाडी लेखिएको ट्रकमा मदिरा ओसार पसार गर्दै गर्दा ईलाका प्रहरी कार्यालय निजगढ, बाराले ट्रक चालक सहित ट्रक नियन्त्रणमा लिएको छ ।

निजगढ नगरपालिका–७ स्थित रविकोल्ड स्टोरमा बबई स्पेशल ब्राण्डको सोफी मदिरा ३६ कार्टुन भित्रयाउँदै गर्दा ना.१.क.६०२७ नम्बरको ट्रक र रौतहट चन्द्रपुरका ३५ वर्षीय चालक सीताराम चौधरीलाई ईलाका प्रहरी निजगढको टोलीले नियन्त्रणमा लिएको हो ।

५० कार्टुन बबई स्पेशल ब्राण्डको सोफी मदिरा मध्ये १४ कार्टुन सो कोल्ड स्टोरमा भित्र्याई सकेको अवस्थामा नियन्त्रणमा लिईएको ईलाका प्रहरी कार्यालय निजगढका प्रमुख एवम् प्रहरी निरिक्षक विकास थपलियाले जानकारी दिनुभयो ।

मदिरा खरिद गर्ने रवि कोल्ड स्टोर सञ्चालकलाई भने , इलाका प्रहरी कार्यालय निजगढले नियन्त्रणमा लिएको छैन । सो कोल्ड स्टोर अघि रोक्दै गरेको उक्त ट्रकलाई चेकजाँच गर्दा प्रहरी माथि अभद्र व्यवहार गरेको भन्दै अभद्र कसुरमा १० दिनको म्याद थपगरी थप अनुसन्धान कार्य जारी रहेको गरिएको पनि निरीक्षक थपलियाले बताउनुभयो । सो मदिरा रौतहट स्थित बालाजी खाद्य उद्योगबाट ल्याईएको प्रहरीले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);