पल्टिएको ट्रकबाट १०५ किलो गाँजा बरामद | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

पल्टिएको ट्रकबाट १०५ किलो गाँजा बरामद

काठमाडौं । जिल्ला प्रहरी कार्यालय बारा र ईलाका प्रहरी कार्यालय अमलेखगंज बाराबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले १०५ किलो लागु औषध गाँजा नियन्त्रणमा लिएको छ ।

ना.१.क.३२०५ नम्बरको ट्रकमा लागू औषध गाँजा लुकाई छिपाई ल्याई रहेको बिशेष सुचनाको आधारमा प्रहरी टोलीले उक्त परिमाणको गाँजा नियन्त्रणमा लिएको हो ।

खोजतलासको क्रममा जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २२ स्थित पुर्ब पश्चिम लोक राजमार्गमा उत्त ट्रक पल्टिएको अवस्थामा फेला परेको थियो ।

ट्रकमा चालक तथा सह–चालक समेत नभएकोले ट्रक चेक जाँच गर्दा प्लास्टिकको ५ वटा बोरामा लुकाई छिपाई राखेको अवस्थामा लागु औषध गाँजा फेला परेको हो । बरामद भएको लागु औषध गाँजासहित उक्त ट्रक नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय सिमरामा राखिएको छ ।

ट्रक चालक लगायत उक्त घटनामा संलग्न रहेका व्यक्तिहरुको खोत तलास लगायतको अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);