सप्तरीमा १७५ किलो गाँजासहित ट्रक प्रहरी नियन्त्रणमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

सप्तरीमा १७५ किलो गाँजासहित ट्रक प्रहरी नियन्त्रणमा

काठमाडौं। सप्तरीमा अदुवा लोड रहेको मिनी ट्रकमा ठूलो परिमाणमा गाँजा बरामद भएको छ । शंका लागेर सशस्त्र प्रहरीले जाँच गर्दा १ सय ७५ किलो लागूऔषध गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।सशस्त्र प्रहरी निरीक्षक किसमान तामाङको नेतृत्वमा रहेको सशस्त्रको टोली उक्त परिमाणमा गाँजा बरामद गरेको हो । प्रहरीलाई झुक्याएर ट्रक चालक र सहचालक भने फरार भएका छन्।

मंगलबार राति पौने ११ बजे पूर्व-पश्चिम राजमार्गअन्तर्गत सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाको कोसी ब्यारेजस्थित चेक प्वाइन्टमा को१ख २९२५ नम्बरको मिनी ट्रक चेकजाँच गर्दा १ सय ७५ किलो गाँजा बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ ।ट्रकमा ३ सय ५० केजी अदुवासहित बोरामा प्याकिङ गरिएको गाँजा बरामद भएको प्रहरीको भनाइ छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);