ट्रकमा राखिएको गाँजासहित २ जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख २३ २०८१, आइतबार

ट्रकमा राखिएको गाँजासहित २ जना पक्राउ

काठमाडौं, २१ वैशाख । सुनसरीको धरान उपमहानगरपालिका १३ शिवधारास्थित कोशी राजमर्गबाट बैशाख २१ गते सशस्त्र प्रहरीले २ सय २७ किलो ४ सय ग्राम गाजँसहित २ जना व्यक्ति र ट्रक नियन्त्रणमा लिएको छ ।

सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश धरानले धनकुटाबाट ईटहरीतर्फ जाँदै गरेको प्रदेश १–०२–००१ ख ९४८९ नम्बरको ट्रकमा ८ वटा पोकामा लैजाँदै गरेको उल्लेखित परिमाणको गाजाँसहित गाडी चालक धनकुटा जिल्लाको छथर जोरपाटी गाउँपालिका ६ बस्ने ३४ बर्षिय चन्द्र थापा क्षेत्री र सहचालक तेह्रथुम जिल्लाको छथर गाउँपालिका २ बस्ने २८ बर्षिय चुडामणी कटुवाललाई नियन्त्रणमा लिएको हो ।

उनीहरुको साथबाट ६० हजार नेपाली रुपैयाँ, ४ वटा मोवाईल सेट, बाटोको ईजाजत पत्र र सवारी दर्ता प्रमाणपत्र समेत बरामद भएको छ । नियन्त्रणमा लिइएका उनीहरुलाई ट्रक, गाजाँ र बरामद सामाग्रीसहित आवश्यक कारवाहीको लागी ईलाका प्रहरी कार्यालय धरानमा बुझाइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);