साईकल चालकमाथि मुक्का हान्ने आयुुष पक्राउ, २ जना फरार | ईमाउण्टेन समाचार

Our Network

वैशाख २७ २०८१, बिहीबार

साईकल चालकमाथि मुक्का हान्ने आयुुष पक्राउ, २ जना फरार

काठमाडौं, २७ असार । गत असार २० गते राति मोरङ विराटनगर–४ दुधफारम स्थित कोशी राजमार्गमा साईकल चालक पवन साहलाई कुट्ने आयुश भेटुवाललाई प्रहरीले पक्राउ गरेको छ । भेटुवाल मंगलबार पक्राउ परेका हुन् ।

विपरीत दिशाबाट जाँदै गरेको बा. १५ च ३४४५ नम्बरको कारमा सवार आयुष भेटुवाल,कुशल भेटुवाल र रोशन कार्की समेत ३ जनाले उक्त साईकल चालकलाई अचानक कारबाट झरी मुक्का प्रहार गरी लडाएर घिसारी घाइते बनाएको भिडियो सार्वजनिक भएको थियो ।

पीडकहरू मध्ये आयुष भेटुवाललाई पक्राउ गरी ज्यान मार्ने उद्योगमा म्याद थप भई कानुनी कारबाही अगाडी बढाइएको छ भने सोही घटनामा संलग्न अन्इ २ जना फरार छन् । उनीहरुको खोजतलास गरिरहेको जनाइएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);