बीरगञ्जमा लागु औषध इन्जेक्सनसहित ट्रक पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

बीरगञ्जमा लागु औषध इन्जेक्सनसहित ट्रक पक्राउ

बीरगञ्ज, २६ असोज । पर्सा प्रहरीले बीरगञ्ज महानगरपालिकाको वडा नं. ४ बहुअरी चोकस्थित रामगढवा सडक खण्डबाट शनिबार राति लागु औषध इन्जेक्सनसहित ट्रक पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय सुगौली विर्ताले राति १० बजे एचआर ३८ भि ४८९५ नम्बरको नम्बरको ट्रक रोकी चेक चांज गर्ने क्रममा लागु औषध इन्जेक्सन बरामद भएपछि ट्रक र ट्रकका चालकसहित ३ जनालाई नियन्त्रणमा लिएको हो ।

बिशेष सूचनाको अधारमा खटेको प्रहरी टोलीले बीरगंज आइसिपी गेटबाट जाँचपास भई आएका ट्रक चेकजाँच गर्दा उक्त ट्रकको चालक क्यावीनबाट, चालक बस्ने सिट पछाडीको सिटमुनी तथा सोही क्यावीनको माथिको बर्नटको क्यावीनमा लुकाई छिपाई राखेको अवस्थामा लागु औषध नुर्फिन २९७ एम्पुल ईन्जेक्सन, फेनारगन २९७ एम्पुल ईन्जेक्सन, डाइजेपाम २९७ एम्पुल ईन्जेक्सन (जम्मा ८९१ एम्पुल) र Wincirex 100 ml को १२०६ बोत्तल बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

ट्रकबाट लागु औषध बरामद भएपछि ट्रक र ट्रक चालक भारत पूर्वी चम्पारण जिल्ला मोतिहारी थाना रक्सौल ग्राम गम्हरिया पोष्ट हर्दिया वडा नं. ४ निवासी बर्ष २० को बिक्रान्त पटेल, सोही ट्रकमा सवार सोही ठाउँ निवासी बर्ष २८ को रामबालक राम र सोही ठाउँ निवासी बर्ष २० को आकाश कुमार राम समेतलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा ल्याइ लागु औषध नियन्त्रण ऐन २०३३ बमोजिम लागु औषध सम्बन्धी कसुर मुद्दा दर्ता गरी थप अनुसन्धान कार्य भइरहेको प्रहरी कार्यालयले जनाएको छ ।

लागु औषध नियन्त्रण सम्बन्धी ऐन २०३३ को दफा १४ ९१० को ९झ० अनुसार माथि उल्लेखित कसुरदारलाई २ बर्ष देखि १० बर्ष सम्म कैद र रु एक लाख देखि रु बीस लाख सम्म जरिवाना हुने व्यवस्था छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);