उदयपुरमा लागु औषध सहित २ जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

चैत १० २०८०, शनिबार

उदयपुरमा लागु औषध सहित २ जना पक्राउ

उदयपुर । उदयपुरको त्रियुगा नगरपालीका ७ स्थित धरमपुरबाट लागु औषध सहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा त्रियुगा नगरपालिका ७ स्तिथ धरमपुर १९ वर्षिय अमिर खड्का र २० वर्षिय सुरज कार्की रहेका छन् ।

लागु औषध कारोवार भईरहेको छ भन्ने विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यलय उदयपुरबाट खटिएको विशेष टोलिले चेकजाँच गर्ने क्रममा अमिर खड्का र सुरज कार्की को साथ बाट ३६ सेट लागु औषध फेलापरेको थियो, जस्स्मा ( फेनारगन १२ एम्पुल, डाईजेल्याव १२
एम्पुल, नोफिन १२ एम्पुल ) छन् ।

बरामद गरिएको लागु औषध सहित खड्का र कार्की लाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यलय उदयपुरले जानकारी दिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);