लागु औषध सहित एक जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

असार १९ २०८३, शनिबार

लागु औषध सहित एक जना पक्राउ

पर्सा । पर्सामा लागु औषध सहित एक जना पक्राउ परेकाे छ ।

विषेश सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलिलेबाट वीरगञ्ज म.न.पा.वडा नं.१६ ईनर्वागाउँ चौतारामा निर जिल्ला प्रहरी कार्यालय को .Q.R.T. टोलीले शंकितरूपमा पैदल हिँडिरहेको जिल्ला पर्सा वीरगञ्ज म.न.पा.वडा नं.२४ रामगढवा बस्ने वर्ष २६ को अफरोज मियाँ अन्सारीलाई रोकी जाँच गर्दा निजले तरकारीको झोला भित्र लुकाइछिपाई ल्याएको लागु औषध नुर्फिन २०० एम्पुल, डाइजेपाम २०० एम्पुल र फेनारगन २०० गरी जम्मा ६०० एम्पुल फेला परेकोले उल्लेखित लागु औषधहरू बरामद गरी गरिएको छ । 

अफरोज मियाँ अन्सारीलाई नियन्त्रणमा लिई लागु औषध सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्सा का प्रवक्ता ओम प्रकाश खनालले बताए ।

Leave a Reply

ताजा समाचार